खरसाङ नगरपालिकाको वार्ड नम्बर १६ अनि वार्ड नम्बर ७ मा झोडानाला पूर्ण मरमत्तिकोलागि शिलान्यास

IMG-20250403-WA0251

खरसाङ: खरसाङ नगरपालिकामार्फत वार्ड नम्बर १६ अनि वार्ड नम्बर ७ मा झोडानाला पूर्ण मरमत्तिको कार्य गराउन आज भूमि पूजा गरेर शिलान्यास गरिएको छ। उक्त भूमि पूजा पण्डित बिक्रम दाहालले गरेका थिए भने वार्ड नम्बर १६ को भूमि पूजा कार्यक्रममा गाउँ समाजका वरिष्ठ नागरिकहरूको उपस्थितिसँगै भूपू उपाध्यक्ष अञ्जय छेत्रीजको उपस्थिति रहेको थियो।‌ त्यसरी नै वार्ड नम्बर ७ को भूमि पूजामा सञ्जीवनी संघका वरिष्ठ नागरिक एवं महिलाहरूको उपस्थितिसंगै २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा साथै खरसाड नगराध्यक्ष ब्रिग्रेन गुरूङ, ईओ कैलाश प्रसाद, एसएई बिशाल सुनुवार, खरसाङ नगरपालिका ठेकेदार संगठनका अध्यक्ष शरद प्रधान, उपाध्यक्ष सोनाम भोटियाको पनि उपस्थितिमा कार्य थालिनीको लागि पुएूजा सम्पन्न गरियो। खरसाङ शहरको झोडा-नालाहरू अवैध प्रकारले ढाकेर व्यवसाय गरिरहेका कतिपय घर निर्माण गरेर झोडा-नाला बन्द गरिएकोले बर्खायामको पानी नाला-झोडा नबनेर जनमानस हिँडने धेरै असुविधा परेता पनि कतिपय घरहरूभित्र बाटोको पानी पसेर विगत दिनमा झैझमेला भएको अनि राष्ट्रिय राजमार्ग पनि बन्द गरेका थिए।

उक्त समस्याहरूलाई मध्यनजर राखेर खरसाङ नगरपालिकाद्वारा कतिपय वार्डहरूमा विकास कार्य निरन्तर गरिरहेको खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement