खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार क्षेत्रमा गाडी कुद्ने रोड असल बनाउने उद्देश्यले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डले ४० बोरा सिमेन्ट र ३० लिटर डिजेल पहिलो चरणको सडक निर्माणका लागि सहयोग गरेको जानकारी प्राप्त भएको छ। यस पहलले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्नका साथै यातायातमा सुविधा हुने लक्ष्य लिएको छ। उक्त सहयोगको उचित व्यवस्थापन र कार्यान्वयन विपन गुरुङ, युकाश प्रधान र विनम थापाको निगरानीमा भइरहेको छ। यस कार्यले मालुटारको यातायात सञ्जाललाई मजबुत बनाउँदै स्थानीय विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ। अजय एडवर्डको उदार सहयोगप्रति स्थानीयहरुले आभार व्यक्त गरेका छन्। यसको साथै मालुटार चियाबारीमा अजय एडवर्डसको सहयोगमा रोडको मरमत्ति चाढै नै शुरु हुने भएको छ। उनीबाट भविष्यमा चाहिने अन्य सहयोग पनि दिने वाचा गरेको र रोड मरमत्तिको कार्य पनि चाढै हुने भएको छ। यस विषयमा मालुटारबाट आशिष छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।