तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा डिजिटल क्लासको उदघाटन

IMG-20250403-WA0243

खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा डिजिटल क्लासको उदघाटन गरिएको छ। उक्त डिजिटल लर्निङ क्लासको उदघाटनको लागि एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयकी शिक्षिका प्रभारी रञ्जना प्रधानले गरेकी थिइन् भने विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी तीनको प्रधान सुष्मा वाईबा र शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए। उक्त कार्यक्रमलाई शिक्षिका सञ्जुली छेत्रीले सञ्चालन गरेकी थिइन् भने स्वागत सम्भाषण शिक्षक देवेन्द्र लामाले राखेका थिए। उक्त कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा डिजिटल क्लासको उदघाटन घैयाबारी दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान भगवती प्रधान र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको बाहुलीबाट रिबन काटेर गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षक देवेन मंगरले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरुले तयार पारेको विद्यालयको भिडियो प्रदर्शन गरिएको थियो। कार्यक्रममा डिजिटल क्लासको महत्व र यसको विस्तृत जानकारी विषयमा शिक्षिका प्रभारी रञ्जना प्रधानले जानकारी गराएकी थिईन्। विद्यालयमा डिजिटल क्लास पाँचौंदेखि छैंटौं श्रेणीसमलाई दैनिक रुपमा पालैपालो गरेर पढाइने भएको जानकारी शिक्षक देवेन मंगरले दिएका छन्। उनले बताए अनुसार विद्यालयमा‌ डिजिटल क्लासको लागि आवश्यक सामाग्रीहरु बदाम टी ईण्डिया लिमिटेडको तर्फबाट प्रदान गरिएको छ। कार्यक्रममा स्कूल सञ्चालन समितिको सभापति रामबहादुर गजमेर र सचिव अमीत प्रधान अनि अभिभावकको तर्फबाट सन्ध्या प्रधान र रिता प्रधान उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement