नयाँ दिल्ली: फूटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो अनि भारतमा पनि यस खेलको निक्कै लोकप्रियता रहेको छ। फिफा वर्ल्ड कप, यूरो कप या कोपा अमेरिका जस्ता टुर्नामेण्टहरू हुँदा भारतीय फूटबल प्रशंसकहरूबीच पनि व्यापक उत्साह देख्न पाइन्छ। यसबाहेक यूएफा च्याम्पियन्स लीग, प्रीमियर लीग, ला लीगा, सेरि ए र लीग-१ जस्ता टुर्नामेण्टहरूमा पनि भारतीय प्रशंसकहरूका विशेष रूची रहँदै आएको छ। यसै क्रममा भारतीय फूटबल प्रशंसकहरूका एउटा सपना साकार हुन गइरहेको छ। उनीहरूले आइतवार रिभाल्डो, कार्लोस पुयोल, लुई फिगो, पेपे र जावी जस्ता दिग्गज फूटबल खेलाड़ीहरूलाई आफ्नो आँखा अघि खेलिरहेको देख्न सक्नेछन्। यी सबै रियल म्याड्रिड र बार्सिलोनाका लीजेण्ड्सबीच खेलिने म्याचको निम्ति भारत आइरहेका छन्। यस म्याचको आयोजन मुम्बईमा हुनेछ। स्पेनिश फूटबल लीग (ला लीगा)-का दुई चीरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाका पूर्व खेलाड़ीहरूबीच यो फेसअफ म्याच डीवाई पाटिल स्टेडियममा हुनेछ। म्याचमा पोर्तुगलका दिग्गज मीडफिल्डर लुई फिगोले रियल म्याड्रिड लीजेण्ड्सको कप्तानी गर्नेछन्। यसरी स्पेनका दिग्गज डिफेण्डर कार्लोस पुयोल एफसी बार्सिलोना लीजेण्ड्सका कप्तान हुनेछन्। द स्पोर्ट्स फ्रण्ट यस म्याचको आयोजक हो। यस म्याचको निम्ति दुवै टीमको घोषणा पनि गरिएको छ। पुयोलले एउटा बयानमा भनेका छन्, लीजेण्ड्स फेसअफ आफ्नो थरीको एउटा विशेष म्याच हुनेछ। म पहिलोपल्ट भारतमा खेल्न वास्तवमा उत्साहित छु। त्यहाँ प्रशंसकहरूका जोश अविश्वसनीय छ अनि त्यसलाई प्रत्यक्ष रूपले अनुभव गर्न म उत्साहित छु। यसरी फिगोले भने, भारतमा फूटबल खेलको लोकप्रियता लगातार बढ़िरहेको छ अनि यी दुई टीमबीचको प्रतिद्वन्द्वितालाई मुम्बईका प्रशंसकहरूबीच ल्याउनु सौभाग्यको कुरा हो। यो एउटा यादगार म्याच हुनेछ।
लीजेण्ड्स फेसअफ म्याचको निम्ति रियल म्याड्रिडको टीमः लुई फिगो (कप्तान), पेड्रो कण्ट्रेरास, किको कासिला, फ्रान्सिस्को पावोन, फर्नाण्डो साञ्ज, अगस्टिन गार्सिया, पेड्रो मुनिटिस, रुबेन डे ला रेड, एण्टोनियो टोनी देल मोराल सेगुरा, जर्ज जोको ओस्टिज, इवान पेरेज, जीसस एनरिके भेलास्को मिनोज, जोसे लुई काबरेरा, जुआन जोसे ओलाल्ला फर्नाण्डेज, डेविड बाराल टोरेस, क्रिस्टियन कारेम्बेउ, फर्नाण्डो मोरिण्टेस, माइकल ओवेन।
लीजेण्ड्स फेसअफ म्याचको निम्ति बार्सिलोनाको टीमः
कार्लोस पुयोल (कप्तान), जीसस एंगोय, विटोर बाया, जोफ्रे माटेउ, फर्नाण्डो नवारो, रोबर्टो ट्राशोरास, जेवियर सावियोला, फिलिप कोकु, फ्रेंक डी बोअर, जियोवानी सिल्वा, रिभाल्डो, मार्क वेलिएण्ट हर्नाण्डेज, लुडोविक गिउली, रिकार्डो क्वारेस्मा, गाइज्का मेण्डिएटा, सर्जी बारजुआन, जावी, जोस एडमिल्सन गोमेज डी मोरेस, पेट्रिक क्लुइभर्ट।