सिलगढी: देशी रम-रक्सीसहित एकजना व्यक्तिलाई एक्साइज डिपार्टमेन्टले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति कालु साइबोको रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति कालु साइबोले सालुगढाबाट देशी रम-रक्सी लिएर गइरहेको एक्साइज डिपार्टमेन्टले सुइँको पाएपछि अभियान चलाएर ४० लिटर देशी रम-रक्सीसहित कालु साइबोलाई पक्राउ गरेको बताइएको छ। यसपछि एक्साइज डिपार्टमेन्टले पक्राउ परेका व्यक्तिलाई भक्तिनगर थानालाई सुम्पिदिए। पक्राउ परेका व्यक्तिलाई आज जलपाइगढी अदालतमा पेश गरियो।