ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटी र लिभरपूलको टीम विजयी

photocollage_20254312030596

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लिभरपूलको साथमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले आ-आफ्नो म्याच जित्यो। बुधवार राति खेलिएको म्याचमा लिभरपूलले एभर्टनलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ७४ प्रतिशत पोजेशनको साथ खेले पनि लिभरपूलले म्याचको एकमात्र गोलको निम्ति निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। गोलरहित पहिलो हाफको खेलपछि डिओगो जोटाले ५७औं मिनटमा लिभरपूललाई बढ़त दिलाए। त्यही बढ़तलाई अन्तसम्म कायम राखेर होम टीमले म्याच जित्यो। यस जीतपछि लिभरपूलले ३० वटा म्याचमा ७३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा आफ्नो स्थितिलाई मजबूत बनायो। आर्सनल अहिले ६१ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। यसरी १५औं स्थानमा रहने एभर्टनसँग ३४ पोइण्ट्स रहेको छ।
यसरी म्यानचेष्टर सिटीले लिस्टर सिटीविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्दै सिटीले विपक्षी टीमलाई अधिक मौका दिएन। विजेता टीमबाट ज्याक ग्रेलिसले दोस्रो अनि ओमार मारमौशले २९औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर सिटी ३० वटा म्याचमा ५१ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। न्यूक्यासलले पनि रोमाञ्चक म्याचमा ब्रेण्टफोर्डविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एलेक्जेण्डर इसाकले मध्यान्तरको अन्तिम क्षण (इञ्ज्युरी टाइमको दोस्रो मिनट)-मा गोल गरे। त्यसपछि ब्रायन एमब्यूमोले ६६औं मिनटमा गोल गरी ब्रेण्टफोर्डलाई बराबरीमा पुऱ्याए। अन्तमा साण्ड्रो टोनालीले ७४औं मिनटमा गोल गरी न्यूक्यासललाई जीत दिलाए। यस जीतपछि न्यूक्यासल ५० पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। एस्टन भिल्लाले पनि ब्राइटनलाई ३-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट मार्कस रासफोर्ड, मार्को असेन्सियो र डोनयेल मालेनले गोल गरे। यस जीतपछि एस्टन भिल्ला ४८ पोइण्ट्सको साथ सातौं स्थानमा पुग्यो। साउथम्प्टन र क्रिस्टल प्यालेसबीचको म्याच १-१-ले ड्र रह्यो। यसरी इप्सविच टाउनले बोर्नमाउथलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement