आरसीबी-लाई ८ विकेटले पराजित गरी जीतको लयमा फर्किन सफल भयो गुजरात जाइण्ट्स

IMG-20250403-WA0007

बेंगलुरु: गुजरात जाइण्ट्सले आईपीएल २०२५-को १४औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई ८ विकेटले पराजित गऱ्यो। एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। केवल ४२ रनमा ४ विकेटको पतनपछि लियाम लिविंगस्टोनको अर्द्धशतकले आरसीबी-लाई सम्हाल्यो। ईंग्ल्याण्डका ब्याटरले आरसीबी-को निम्ति सर्वाधिक ५४ रन बनाए। उनले ४० बल खेलेर ५ वटा छक्का र एउटा चौका लगाए। यसबाहेक टिम डेविडले ३ वटा चौका र २ वटा छक्काको साथ १८ बलमा ३२ रन बनाए। यसरी जितेश शर्माले ५ वटा चौका र एउटा छक्काको साथ २१ बलमा अविजित ३३ रन बनाए। गुजरातका बलरहरूमा मोहम्मद सिराजले ३ र साई किशोरले २ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले १७.५ ओभरमै २ विकेटमा १७० रन बनाएर म्याच जित्यो। जोश बटलरले ३९ बलमा अविजित ७३ रन बनाए। उनले ६ वटा छक्का र ५ वटा चौका लगाए। यसबाहेक ओपनर साई सुदर्शनले ७ वटा चौका र एउटा छक्काको साथ ३७ बलमा ४९ रन बनाए। शेरफाने रदरफोर्डले ३ वटा छक्का र एउटा चौकाको साथ १८ बलमा अविजित ३० रन बनाए। कप्तान शुभमन गिल १४ रन बनाएर आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement