राजगञ्ज: अज्ञात व्यक्तिको शव उद्धार भएको छ। उक्त शव राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत बाखोयाबारीको करतोआ नदीबाट उद्धार गरिएको हो। प्राप्त जानकारीअनुसार आज बिहान करतोआ नदी संलग्न बाखोयाबारी चियाकमानमा काम गर्न गइरहेका श्रमिकहरूले करतोआ नदीमा एकजना व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आमबारी फालाकाटा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ। समाचार लेखुञ्जेलसम्म मृतक व्यक्तिको परिचय जुटाउन नसकेको बताइएको छ।










