विकेटकीपिंग गर्ने अनुमति पाएपछि कप्तानीको भूमिकामा फर्किन तयार सेमसन

IMG-20250402-WA0348

नयाँ दिल्ली: चोटमुक्त सञ्जु सेमसनलाई आईपीएल २०२५-मा विकेटकीपिंग गर्नको निम्ति राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए) – बाट अनुमति प्राप्त भएको छ। यसरी उनी राजस्थान रोयल्सको कप्तानको रूपमा फर्किन तयार छन्। भारत र ईंग्ल्याण्डबीच फरवरीमा खेलिएको टी२० सीरीजको अवधि पेस बलर जोफ्रा आर्चरको बलले सेमसनको दाहिने हातको औंलीमा चोट लागेको थियो। औंलीको सर्जरीपछि एनसीए-ले उनलाई ब्याटिंग गर्ने अनुमति दिए पनि विकेटकीपिंग नगर्ने परामर्श दिएको थियो। यसैकारण सेमसन आईपीएल २०२५-मा राजस्थान रोयल्सको पहिलो ३ वटा म्याचमा विशेषज्ञ ब्याटरको रूपमा खेलेका थिए। उनको स्थानमा रियान परागले कप्तानी गरेका थिए। राजस्थान रोयल्सद्वारा जारी एउटा बयानमा भनिएको छ, राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनलाई विकेटकीपिंग गर्न राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए) बाट मञ्जुरी प्राप्त भएको छ। यसैकारण पञ्जाब किंग्सविरुद्ध आउँदो म्याचमा उनी कप्तानको रूपमा फर्किनेछन्। आईपीएलको जारी सीजनमा राजस्थान रोयल्सले अहिलेसम्म ३ वटा म्याच खेलेर केवल एउटा जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement