अप्पर इच्छे त्रिरत्न बुद्ध पार्कमा नवनिर्मित अवलोक्रीतेश्वर (चेरेनिज्क) को प्रतिमा अनावरण कार्यक्रम सम्पन्न

IMG-20220910-WA0102.jpg

कालेबुङ: कालेबुङस्थित अप्पर इच्छे शेर्पा गाउँ त्रिरत्न बुद्ध पार्कमा, नवनिर्मित अवलोक्रीतेश्वर (चेरेनिज्क) को प्रतिमा अनावरण कार्यक्रम आज सम्पन्न भयो। विधिपुर्वक बौद्ध धर्मअनुसार तीन दिनको पुजा आर्चना गरि आज लामा दावा ग्यालछेन रिम्पोछेद्वारा अनावरण कार्यक्रम समापन भएका छन्। विभिन्न धर्मावलम्बीबाट उपस्थित धर्मगुरुहरूको व्यापक उपस्तिथि रहेको अनावरण समितिका सचिव सुरेन्द्र शर्माले जानकारी दिँदै भने, आजको यस धार्मिक अनावरण कार्यक्रममा विभिन्न धर्ममा आस्था राख्ने भक्तजनहरूको पनि व्यापक उपस्तिथि रहेको तिनले जनाएका छन्। आजको धार्मिक अनावरण कार्यक्रममा लामा दावा ग्यालछेन रिम्पोछेद्वारा भक्तजनहरूलाई वाङ पनि प्रदान गरिएका थिए। त्रिरत्न बुद्ध पार्क यस भेकको धार्मिक सहिष्णुताको उदाहरण बन्न पुगेको साथै पर्यटकहरू पनि एक आर्कषणको केन्द्र बन्न पुगेको अनावरण कमिटीका सचिव सुरेन्द्र शर्माले जानकारी दिएका छन्। त्रिरत्न बुद्ध पार्कका प्रमुख संरक्षक अनि संस्थापक दावा शेर्पाले आफ्नो धन्यवाद ज्ञापनमा धार्मिक अनावरण कार्यक्रम सफल बनाउनमा सहयोग पुर्या्उने सम्पुर्ण भक्तजनहरूलाई आभार व्यक्त गर्दै भने, त्रिरत्न बुद्ध पार्क एउटा धार्मिक आस्थाको केन्द्र बनिएको छ यो हाम्रो निम्ति गर्वको कुरा हो। यति मात्र होइन यहाँ पर्यटकहरूको पनि घुइँचो लाग्ने गर्दछ यसलाई तपाईं हामी सबै मिलेर संरक्षण गर्नुपर्छ यो सबैको साझा सम्पत्ति हो आजको धार्मिक अनावरण कार्यक्रम सफल तुल्याउन विभिन्न क्षेत्रबाट सबैले सहयोग पुर्याेएका छन् बिशेष गरेर छेदुमणी गुम्बा, सिंहवाहिनी धाम परिवार, अप्पर इच्छे युथ क्लब, शिरडी साई संस्थान, अंगालो परिवार, डि. एन. एस. गोल्डेन किवन्सेलका म्यानेजर अनि कर्मचारीहरू लगायतका हातहरूले निस्वार्थ सेवाका हातहरू अगाडी बडाएका छन् यसका साथै पुलिस प्रशासनले पनि ट्राफिक कन्ट्रोलको निम्ति आफ्नो अहम भुमिका निभाएकोमा म सबैलाई आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छु भनी दावा शेर्पाले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement