गान्तोक: पछिल्ला केही दिनदेखि गान्तोकको एमजी मार्ग र देउराली साथै छाङ्गु लेकमा बलिवुड चलचित्र “आशिकी ३” को छायाङ्कण गर्दै आएका ख्यातिप्राप्त चलचित्र निर्माता अनुराग बासुको साथमा फ्लिमका नायक कार्तिक आर्यन र नायिका श्रीलीलाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसित उनको सरकारी आवास मिन्तोकगाङमा भेट गरे।
भेटवार्ताको क्रममा नायक कार्तिक आर्यनले सहयोगको निम्ति मुख्यमन्त्री तामाङ प्रति आभार व्यक्त गरे।
उल्लेखनीय छ, “आशिकी ३”, वर्ष १९९० को म्यूजिकल हिट आशिकी र २०१३ को “आशिकी २” काे सिक्वेल हो।