गान्तोक: सिक्किम राज्य सहकारी यूनियनले आफ्नो २३औं स्थापना दिवस आसमलिङजेको सिकून कार्यालयको प्रेक्षागृहमा पालन गऱ्यो। उक्त कार्यक्रममा राज्यका शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उनको साथमा ओबीसी आयोगकी अध्यक्ष पवित्र भण्डारी, पुलिस महानिर्देशक अक्षय सचदेवा लगायत अन्यहरू सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्किम राज्य सहकारी यूनियनको २३औं स्थापना दिवसको शुभकामना दिँदै आर्थिक र सामाजिक विकाको निम्ति सहकारी आन्दोलनलाई मजबुत गराउने लक्ष्य र उद्देश्यबारे प्रकाश पारे। उनले सहभागीहरूलाई सहकारी आन्दोलनमा योगदान पुर्याोउने र ग्रामीण परिदृश्य परिवर्तन गर्ने प्रोत्साहित गरे। मन्त्री बस्नेतले यस क्षेत्रमा सहकारी आन्दोलनलाई उत्थान गर्न आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिए। सोही प्रकारले ओबीसी आयोगकी अध्यक्ष पवित्र भण्डारीले विभिन्न क्षेत्रका विभिन्न सहकारी समितिहरूलाई शिक्षित र प्रशिक्षण प्रदान गर्ने संस्थाद्वारा गरिएको प्रयासको प्रशंसा गरे। उनले जागरूकता कार्यक्रम, व्यवसाय प्रवर्द्धन र क्षमता विकासहरूमार्फत स्वयं सहायता समूह सदस्यहरूलाई सशक्त बनाउने सुझाउ दिइन्। सोही प्रकारले पुलिस महानिर्देशक अक्षय सचदेवाले जीवनमा स्वास्थ्य आदत बसाउनु पर्ने र समग्र कल्याणको लागि शारीरिक गतिविधिहरूलाई प्राथमिकता दिनु पर्ने आग्रह गरे। यस क्रममा सिकुनका अध्यक्ष डा. मंगलजीत राईले सिकूनको स्थापनाबारेमा संक्षिप्तरूपमा जानकारी गराउँदै संस्थाको उद्देश्यबारे बताए। उनले थप जानकारी गराएअनुसार सिकुनले सहकारी समितिको निम्ति शैक्षिक र क्षमता विकास प्रशिक्षण कार्यक्रम आयोजना गर्दै ग्रामीण र शहरी क्षेत्रको दुरीलाई कम गर्न लक्ष्य राखेर काम गरिरहेको छ। उनले यस संस्थाको स्थापना गर्न पूर्व लोकसभा सांसद नहकुल दास राईको भूमिकाबारेमा अवगत गराए। यसका साथै सहकारी विभागकी रेजिस्ट्रार कर्मा ओङ्मुले विभिन्न सहकारी संस्थाहरूलाई प्रशिक्षण प्रदान गर्ने सिकूनको भूमिकाबारे प्रशंसा गरिन्।