गान्तोक: मन्त्री एनबी दाहालले सिक्किम राज्य स्थापनाको ५०औं बर्षगाँठको अवसरमा सिङताम थाना परिसरमा स्थापित भिन्टेज फोटो ग्यालेरीको उद्घाटन गरे। उक्त फोटो ग्यालरीको विधिवत रूपमा उद्घाटनपछि जनताप्रति समर्पित गरे। यसपछि मन्त्री दाहालले ग्यालेरीमा राखिएका विविध दुर्लभ फोटोहरूको अवलोकन पनि गरेका थिए। यस अवसरमा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, अधिकारी उज्ज्वल पाण्डे, नगर पार्षदगण लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस अवसरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै सिङताम नगर पञ्चायत अध्यक्ष तामाङले सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा क्षेत्र विधायक एवं मन्त्री एनबी दाहालको पहलमा सफाई अभियान आयोजना गरिएको जनाउँदै सिङताम नगर पञ्चायतले सफाई अभियानलाई निरन्तरता दिंदै आएको जानकारी गराए।