१० सेप्टेम्बरः राजीव राम र जोए सलिसबरीको शीर्ष वरीयता प्राप्त जोड़ीले लगातार दोस्रोपल्ट यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगलको खिताब जित्यो। यसको साथै यी दुईजना यूएस ओपनमा लगातार दुईपल्ट खिताब जित्ने दोस्रो पुरुष युगल जोड़ी बन्यो। अमेरिकाका राजीव राम र ब्रिटेनका जोए सलिसबरीको जोड़ीले पुरुष युगलको फाइनलमा वेस्ली कुलहफ र नील स्कुपस्कीको जोड़ीलाई सीधा सेटमा ७-६, ७-५-ले पराजित गऱ्यो। राजीव र सलिसबरीको जोड़ी यसअघि २०२०-मा सेमिफाइनलसम्म पुगेको थियो। त्यसपछि यस जोड़ीले लगातार दुई साल खिताब जितेर इतिहास रच्यो। यी दुईअघि अष्ट्रेलियाका टड वुडब्रिज र मार्क वुडफोर्डले ओपन युगमा पहिलोपल्ट यूएस ओपनमा लगातार दुई साल ट्रफी जितेका थिए।