सिङताम बजारमा सफाई अभियान

IMG-20250402-WA0337

सिंङ्तम: सिङ्ताम नगर पञ्चायत र हेभेन्ली निर्वाण पाथ सिक्किमको संयुक्त पहलमा आज सिङ्ताम बजारमा वृहत् सरसफाइ अभियान सम्पन्न गरियो। यस अवसरमा ३५० स्वयंसेवकहरूले अभियानमा सक्रिय सहभागिता जनाउँदै बजार क्षेत्र सफा र सुन्दर बनाउन योगदान दिएका दिए। हेभेन्ली निर्वाण पथ सिक्किमले आध्यात्मिक सेवासँगै विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसअन्तर्गत वृक्षरोपण, सरसफाइ अभियान, सामाजिक चेतनामूलक कार्यक्रम तथा शान्ति र सद्भावना सम्बन्धी कार्यक्रमहरू आयोजन गर्दै आएको छ। उक्त संयुक्त अभियानले नागरिकहरूलाई सार्वजनिक उत्तरदायित्वप्रति सचेत गराउँदै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न प्रेरित गर्ने उद्देश्य राखेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement