पर्यटकहरू फेरि ठगीको सिकार

22-40-11-234c263e-f33c-473a-829f-d9ab8e789ee4.jpg

सिलगढी। सिक्किम घुम्न भनी कोलकताबाट आएका पर्यटकहरू फेरि ठगीको सिकार बनेका छन्। कोलकताको टलीगञ्जबाट दुई दम्पती सिक्किम घुम्नको लागि आज ट्रेन मार्फत एनजेपी स्टेसनमा ओर्लिएपछि धेरै समयसम्म तिनीहरूले वाहनको प्रतीक्षा गरे। धेरै समयसम्म वाहन नआएपछि तिनीहरू स्टेसनमै बसिरहेको समय स्थानीय केही वाहन व्यवसायीहरू त्यहाँ गएर तिनीहरूलाई सोधखोज गरे। यसपछि पर्यटकहरूले भने, कोलकताको एउटा टुर अपरेटरलाई सिक्किम घुम्नको लागि तिनीहरूले ७२ हजार रुपियाँ दिएर बुकिङ गरेका थिए भने तिनीहरूलाई एनजेपीबाट सिक्किम जानको लागि वाहनको पनि व्यवस्था गरिदिने बताइएको थियो। तर आज एनजेपी स्टेसनमा ओर्लिएपछि आफूहरूलाई लिनको लागि कुनै वाहन नआएको तिनीहरूले बताए। यसपछि उक्त पर्यटकहरूले एनजेपी थानामा फोनमार्फत यसबारे सम्पर्क गरेपछि पुलिस घटनास्थलमा पुगेर कोलकताको उक्त टुर अपरेटरसित फोनमार्फत कुराकानी गरे। उक्त टुर अपरेटरले केही रुपियाँ पर्यटकहरूलाई फिर्ता दिएपछि स्थानीय वाहन व्यवसायीहरूको पहलमा ती पर्यटकहरूको लागि एउटा वाहनको व्यवस्था गरिदिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement