नव जागरण च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्ट ११ सेप्टेम्बरदेखि

IMG-20220910-WA0099.jpg

१० सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्ट आउँदो ११ सेप्टेम्बर (आइतवार) -देखि शुरु गरिनेछ। आयोजकहरूले टुर्नामेण्टको शुरुवाती चरणको फिक्स्चर जारी गरेका छन्। स्थानीय सिंगबुली खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिनेछ। यी ४६ वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। उद्घाटन म्याचमा पंखाबारी र एसएम मरमाह ए-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement