दार्जिलिङ: गोर्खाल्याण्ड एक्टिभिष्ट समूह, छुट्टै राज्य समन्वय समिति र ज्ञानका सदस्यहरूले आज दार्जिलिङमा रोड शो गरेर दिल्लीमा बोलाइएको त्रिपक्षीय वार्ता कुनै व्यवस्थाको लागि होइन तर केवल गोर्खाल्याण्डको हुनुपर्छ भनी मांग गरेका छन्। क्त रोड शो गर्दै उनीहरुले वार्ताको एजेन्डा ‘गोर्खाल्याण्ड’ मात्र हुनु पर्ने माग राखेका छन्। यस सम्बन्धमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका प्रमुख संयोजक किशोर प्रधानले पत्रकारहरुसित कुराकानी गर्दै वार्ता केवल राज्यको लागि होस् कारण त्यसको आधारहरु धेरै छन् भनी बताएका छन्। उनले यो वार्ता साँढे चार वर्षपछि भइरहेको र यतिबेलासम्म त यो मुद्दा संसदमा आउनु पर्ने थियो तर अहिले पनि केवल वार्ता हुँदैछ र यो वार्तामा पनि केही शंका छ भनी बताएका छन्।

किशोर प्रधानले हामी कुनै राजनैतिक पार्टीको नेताहरु होइन तर हामी केवल कार्यकर्ताहरु रहेको बताउँदै हामीले गोर्खाल्याण्डलाई मुटुबाट बुझेका बुझ्छौँ, मस्तिष्कबाट बुझ्छौँ र यो मुद्दालाई जिविका होइन जीवनसित तुलना गरेका छौँ भनी बताएका छन्। उनले वार्तामा जानेहरु र वार्ता आयोजना गर्नेहरु सबैलाई यो वार्तामा कुनै पनि व्यवस्था विषयमा चर्चा नगर्नु होला कारण त्यो ब्यर्थ रहने बताएका छन्।