१० सेप्टेम्बरः केस्पर रुडले पहिलो सेटमा ५५ शट्सम्म चलेको पोइण्ट जितेर आफ्नो लय कायम राखे अनि सेमिफाइनलमा रुसका करेन खाचानोवलाई पराजित गरी यूएस ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाए। फाइनलमा उनको भिड़न्त स्पेनका उदीयमान खेलाड़ी कार्लोस अल्कारेजसँग हुनेछ। नर्वेका 23 वर्षीय रुडले सेमिफाइनलमा ७-६ (५), ६-२, ५-७, ६-२-ले जीत हासिल गरी यस साल दोस्रोपल्ट कुनै ग्राण्ड स्ल्याम प्रतियोगिताको फाइनलमा स्थान बनाए। रुड यस साल जूनमा भएको फ्रेञ्च ओपनको फाइनलमा स्पेनका दिग्गज खेलाड़ी रफायल नडाल विरुद्ध पराजित भएका थिए। विश्वमा सातौं नम्बरका खेलाड़ी रुडले आइतवार फ्लशिंग मिडोजमा ट्रफी जिते विश्वका नम्बर एक खेलाड़ी पनि बन्नेछन्। म्याच जितेपछि रुडले भने, रोलाँ ग्यारोपछि म साँच्चै खुशी थिए। यसको साथमा त्यो मेरो करियरको अन्तिम ग्राण्ड स्ल्याम फाइनल पनि हुन सक्ने सोच मनमा थियो। आज यहाँ जीत हासिल गरेर म धेरै खुशी छु।
यसबीच स्पेनका युवा खेलाड़ी अल्कारेजले पनि फाइनलमा स्थान बनाए। उनले सेमिफाइनलमा अमेरिकी खेलाड़ी फ्रान्सिस टियाफोलाई पराजित गरे। असाधारण लयमा रहने १९ वर्षीय स्पेनिश खेलाड़ीले सेमिफाइनल म्याचमा ६-७, ६-३, ६-१, ६-७, ६-३-ले जीत हासिल गरे। उनी पहिलोपल्ट यूएस ओपनको फाइनलमा पुगेका छन्। अल्कारेज र टियाफोबीचको म्याच चार घण्टा १८ मिनटसम्म चल्यो। दुवै खेलाड़ीले असाधारण प्रयास गरे पनि अन्तमा परिणाम अल्कारेजको पक्षमा रह्यो। अल्कारेजलाई शुरुदेखि नै टुर्नामेण्टमा खिताब जित्ने दावेदार मानिएको थियो। उनी रफायल नडालपछि यूएस ओपनको फाइनलमा पुग्ने दोस्रो स्पेनिश खेलाड़ी हुन्। उल्लेखनीय छ, यसपाली सेमिफाइनल खेल्ने चारैजना खेलाड़ी पहिलोपल्ट यूएस ओपनको फाइनलमा पुगेका थिए। यसरी यूएस ओपनलाई यस साल पुरुष एकलमा नयाँ च्याम्पियन हासिल हुनेछ।