खरसाङ: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति, खरसाङ महकुमा समिति साथै शहर समितिका प्रतिनिधि टोलीले आज खरसाङको पार्क लोकेशनस्थित शहर समिति मुख्य कार्यालयमा भेला भई खरसाङमा ट्रेनको चपेटमा परेर असामायिक निधन भएकी बालिकाप्रति एउटा शोक संवेदना प्रकट गरेको छ। त्यसपश्चात गोजमुमो शहर समितिको मूल सचिव सुधीर गुरुङले त्रकारहरुलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा एक जिम्मेवार राजनैतिक दल भएको हैसियतमा आज जुन बालिकाको असामायिक निधन भएको छ यस विषयलाई लिएर हामी रेलवेका पदाधिकारीहरुलाई पत्रचार अनि जोगाजोग गर्ने गर्नेछौं अनि परिवारलाई न्याय दिलाउन गोर्खा जनमुक्ति मोर्चा हमेशा तत्पर रहेको हुनेछ भनी बताएका छन्। उनले खरसाङको मुख्य सडक सानो भएको हुँदा हुँदै हाम्रो केटा-केटी विद्यार्थीहरु, बुढा पाखा, बिमारी साथै आम जनताहरूसंगसंगै गाडी अनि रेल त्यही बाटोमा हिँड्नु बाध्य रहेको छ भन्दै सबैलाई होसियारपूर्वक हिँड्ने अनि गाडी र रेललाई आफ्नो गति नियन्त्रणमा राखेर गुडाइदिन अपिल पनि गरेका छन्। उनले भने, जीटीए प्रमुख अनित थापाले दिएको वचनको हामी कदर गर्दछौँ अनि आशा पनि राख्दछौं। उहाँले दिएको वचन पूरा हुन्छ भन्ने साथै प्रशासनले डिएचआरसँग सम्पर्क गरी खरसाङको टुरिष्ट लजदेखि रेलवे स्टेशनसम्म रेल हिँड्ने समयमा सिविक भोलेन्टियर अनि ट्राफिक अधिकारीहरू परिचालन गरिदिने अपिल गर्दछौं।’
यस शोक शोक श्रध्दाञ्जली कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति संयोजिका शकुन्तला लामा, खरसाङ महकुमा नारी मोर्चा केन्द्रीय समिति शान्ता थापा, खरसाङ महकुमा सह सचिव दिपेन्द्र देवान, विकास तिरुवा, शहर समिति अध्यक्ष गोपाल प्रधान, उपाध्यक्ष बिस्नु सुन्दास, नारी मोर्चा शहर समिति अध्यक्षा सकुन लामा साथै टुङ सन्त मेरिज उपाध्यक्ष गौतम सिंहको उपस्थिति रहेको थियो।