नेपाली नव वर्षलाई लिएर गोर्खा सांस्कृतिक संस्थान् खरसाङको सभा सम्पन्न

IMG-20250402-WA0268

खरसाङ: आगामी पहिलो वैशाखलाई लिएर गोर्खा सांस्कृतिक संस्थान्‌ खरसाङको सभा अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सचिव प्रनिता मुखिया घिसिङले सञ्चालन गरेकी थिइन्। सभामा‌ गोर्खा सांस्कृतिक संस्थान् खरसाङका‌ सदस्य सदस्याहरुले आगामी पहिलो वैशाख अथवा १४ अप्रेलमा नेपाली नव वर्ष सांस्कृतिक शोभायात्रा र सांस्कृतिक एकताको रुपमा पालन गर्ने विषयमा चर्चा परिचर्चा गर्दै विभिन्न सुझावहरु राखेका थिए। सभामा विशेष गरेर गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, उपाध्यक्षा‌ बिजया ब्लोन, संरक्षक पारस लामा, सचिव प्रनिता मुखिया घिसिङ, वरिष्ठ सदस्या उषाकिरण तामाङ, हेमन्त दर्नाल, कोषाध्यक्षा मिना मोक्तान, कार्यकारी सदस्यहरु क्रमैले बसुन्धरा शर्मा, फुर्बा घिसिङ, कल्पना छेत्री, डा अम्बिका लामा आदिले विभिन्न सल्लाह सुझावहरु राखेका थिए।‌
उनलेसभाको निर्णय अनुसार पहिलो वैशाखको‌ कार्यक्रमलाई लिएर खरसाङ क्षेत्र र वरिपरिका विभिन्न संघ संस्थाहरु र विभिन्न जात गोष्ठीहरूका प्रतिनिधिहरुलाई लिएर सभा गरिने भएको छ। उक्त सभा आगामी ५ अप्रेलको दिन खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न हुने भएको छ।‌ उक्त सभामा खरसाङ क्षेत्रका‌ विभिन्न संघ संस्थाहरु र विभिन्न जात गोष्ठीहरूका प्रतिनिधिहरुलाई पत्रचार गरेर सभामा बोलाइने भएको छ भने पत्राचार गर्न छुटे पनि सांस्कृतिक एकताको लागि समाचारमार्फत् पनि उपस्थित भईदिने अनुरोध गोर्खा सांस्कृतिक संस्थान खरसाङको तर्फबाट अनुरोध गरिएको छ।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएकी छन्। उनले यसपाली पनि खरसाङमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नव वर्ष २०८२ को अवसरमा सांस्कृतिक शोभायात्राको आयोजना गरिने जानकारी गराएकी छन्। उनले यस अवसरमा सांस्कृतिक शोभायात्रा खरसाङ क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई समावेश गरेर सांस्कृतिक एकता परिदर्शन गर्नलाई आयोजना गरिने निर्णय गरिएको बताएकी छन्। यसको साथै विभिन्न संघ संस्थाहरुलाई समावेश गरेर शोभायात्रासितै विभिन्न सांस्कृतिक प्रदर्शनीहरु, झाँकीहरुको पनि प्रदर्शनी गरिने भएको छ। नव वर्ष २०८२ को पहिलो वैशाखलाई लिएर आयोजना गरिने सांस्कृतिक शोभायात्रा कार्यक्रमको लागि आगामी ५ अप्रेलको दिन खरसाङ क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा गरिने पनि जानकारी पनि अध्यक्षा आशा मुखिया लामाले दिएकी छन्। उनले पहिलो वैशाखको कार्यक्रमलाई लिएर आगामी ५ अप्रेलमा हुने भएको सभामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र विभिन्न जात गोष्ठीहरूका प्रतिनिधिहरुलाई पनि उपस्थित भएर विभिन्न सल्लाह सुझावहरु दिने अनुरोध पनि गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement