मुम्बई छोड़ेर गोवामा सामेल हुने यशस्वी जयसवालको फसेला

IMG-20250402-WA0241

मुम्बई: भारतका ओपनिंग ब्याटर यशस्वी जयसवालले निजी कारणहरूले गर्दा आफ्नो घरेलु टीम मुम्बईलाई छोड़्ने फसेला गरेका छन्। घरेलु क्रिकेटमा मुम्बईबाट खेलेर नै उनले सुनाम अर्जन गरेका थिए, जसले पछिबाट भारतीय टीमको बाटो पनि खोलेको थियो। जयसवालले मंगलवार मुम्बई क्रिकेट संघ (एमसीए)-लाई पत्र लेखेर मुम्बई छोड़ेर गोवामा जाने इच्छा व्यक्त गरे अनि सञ्चालन संस्थाले पनि उनको अनुरोधलाई स्वीकार गरेको छ। यस आश्चर्यचकित गर्ने कदमपछि यस २३ वर्षीय देब्रे हातका ब्याटरलाई २०२५-२६ सीजनदेखि गोवाबाट खेलिरहेको देखिनेछ। एमसीए-का एकजना अधिकारीले भने, यो साँच्चै आश्चर्यचकित पार्ने कुरा हो। उनले हामीसँग आफूलाई मुक्त गर्ने अनुरोध गरे अनि हामीले उनको अनुरोधलाई स्वीकार गऱ्यौं। जयसवाल अन्तिमपल्ट मुम्बईको निम्ति २३-२५ जनवरीसम्म जम्मू-कश्मीरविरुद्ध रणजी ट्रफी ग्रुप ए लीग राउण्डको म्याचमा खेलेका थिए। मुम्बईको निम्ति २०२४-२५ सीजनमा त्यो उनको एकमात्र उपस्थिति थियो। त्यस म्याचमा उनले ४ र २६ रन बनाएका थिए अनि उनको टीम टुर्नामेण्टको इतिहासमा दोस्रोपल्ट जम्मू-कश्मीरविरुद्ध ५ विकेटले पराजित भएको थियो। जुलाई २०२३-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गरेपछि जयसवालले भारतीय टेस्ट टीममा ओपनिंग ब्याटरको रूपमा आफ्नो स्थान पक्का गरेका छन्। त्यसपछि उनले १९ वटा टेस्ट म्याच खेलेका छन् अनि आफूलाई खेलको सबैभन्दा ठूलो मञ्चमा स्थापित गरेका छन्। टेस्टमा उनको औसत ५२ भन्दा अधिकको रहेको छ। उनले टेस्ट क्रिकेटमा ४ वटा शतक र १० वटा अर्द्धशतक बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement