गोरुबथान ४३ नम्बर समष्टि पार्टी कार्यालयमा भागोप्रमोले मनायो दोस्रो स्थापना दिवस

IMG-20220910-WA0044.jpg

गोरुबथान: आज ९ सितम्बरको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस हो।पहाड भरि नै भागोप्रमोका कार्यकर्ताहरुले आआफ्नो शैलीमा स्थापना दिवस मनायो।यसै अवसरमा गोरुबथान ४३ नम्बर समष्टिमा पनि स्थापना दिवस पालन गरिएको छ। स्थापना दिवस कार्यक्रमको सभापतित्व पेमा योन्जनले गरेका थिए।

सोमबारे बजारमा स्थित पार्टी कार्यालयमा स्थापना दिवस कार्यक्रम पालन गरिएको थियो। ४३ नम्बर समष्टिको प्रत्येक शाखा प्रशाखाबाट पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। सर्वप्रथममा दलीय झंडा रतन थापा सभासदद्वारा उत्तोलन गरियो। यसै कार्यक्रममा जोन २ का निम्ति जे. के. क्षेत्री जिल्ला समिति कार्यकारिणी सदस्य बिनोद निराैला उप सभापति जोनल समिति मन्दिप भुजेल कार्यकारिणी सदस्य युवा शक्ति जोनल समिति पदमा मनोनित गरिएको घोषणा पनि गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *