विद्या भारतीको तीन दिवसीय वार्षिक प्रधानाचार्य बैठक सम्पन्न

n65849523717435327606424792910fc72854d99c56c5f172acb5a9930edecf99277c641932bdc025223dc4

गान्तोक: २९ मार्चदेखि शुरू भएको ‘विद्या भारती सिक्किम’ को वार्षिक प्रधानाचार्य बैठक ३१ मार्च, २०२५ मा दक्षिण सिक्किमको मालबासे नामफिङस्थित सरस्वती विद्या निकेतनमा सम्पन्न भयो।
यस बैठकमा प्रान्तको सात जिल्ला मध्ये ६ जिल्लाका प्रधानाध्यापक सहभागी बनेको विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराएका छन्।
यस ३ दिवसीय बैठकमा गत वर्षको वृत्त निवेदन, विशेष कार्यक्रमको उल्लेख, विद्यालयमा गरिएका नयॉं प्रयोग, छात्र संख्या वृद्धिको निम्ति विभिन्न प्रयास, शैक्षिक गुणस्तर, युगानुकूल परिवर्तन, परीक्षा व्यवस्था, विद्यालय पञ्जीकरण, संघको शताब्दी वर्ष, पञ्च परिवर्तन, विद्या भारतीको लक्ष्य, मानक परिषदद्वारा विद्यालयको मूल्याङ्कन, आचार्य प्रशिक्षण, अभिभावक सम्पर्क आदि विषयहरूमाथि चर्चा भयो।
बैठकको समापन सत्रमा बोल्दै विद्या भारती सिक्किम प्रान्तका महामन्त्री विजय कुमार शर्माले भने, भारत केन्द्रित शिक्षाको प्रचार प्रसारका साथै समर्थ भारत र विजय भारतको निम्ति हामी सबै संकल्पबद्ध छौ, समर्पित छौ। यस श्रेष्ठ कार्यको निम्ति तपाई हामी समर्पित बनेर एक टीम भावनाको साथमा यस श्रेष्ठ कार्यमा लागिपरेका छौ।
बैठकको उद्घाटन नामफिङ जीपीयु अध्यक्ष अर्पण सुब्बाले विधिवत दीप प्रज्ज्वलन गरेपछि सरस्वती वन्दनाका साथ गरिएको थियो। उद्घाटन कार्यक्रममा मिडल नामफिङ वार्डका पञ्चायत मणिकुमार भुजेल, लोवर छलमथाङ पञ्चायत सोम बहादुर सुब्बा, विद्यालय सञ्चालन समितिका अध्यक्ष मदन शर्मा र विद्या भारती ​सिक्किमका पदाधिकारीहरू उपस्थित थिए।
यस बैठकलाई विद्या भारती सिक्किमका अध्यक्ष चन्द्र कुमार राई, उपाध्यक्ष तारा शर्मा, संयोजक मोहन शर्मा, सामदोङ सरस्वती विद्या निकेतनका अध्यक्ष त्रिलोजन भट्टराई, प्रान्तका प्रशिक्षण प्रमुख सूर्य धिताल, कार्यालय सहायत लिला शर्मा आदिले मार्गदर्शन एवं योगदान दिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement