गान्तोक: डेञ्जोङ शेर्पा एसोसिएशन (डीएसए) को देखरेखमा न्यादेन शेर्पा किडुक, दरमदिनको स्थापना गरियो। आज पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत दरमदिनको भरेङमा आयोजित एउटा कार्यक्रमबीच यस संस्थाको स्थापना गरिएको हो। यस अवसरमा खेन्पो फुर्वा साङ्गे शेर्पा, डेञ्जोङ्ग शेर्पा एसोसिएशनका अध्यक्ष दोर्जी शेर्पा पिनासा साथै अन्यको उपस्थिति रहेको थियो।
यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य शेर्पा बाहुल्य क्षेत्र दरमदिनमा शेर्पा जातिको भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन गर्नु रहेको छ। संस्थालाई प्रारम्भिक चरणमा कार्यालय सञ्चालनको निम्ति डेञ्जोङ्ग शेर्पा एसोसिएशनले वित्तीय सहयोग प्रदान गर्ने भएको छ।
नवगठित न्यादेन शेर्पा किडुक, दरमदिनमा सल्लाहकार खेन्पो फुर्वा साङ्गे शेर्पा, अध्यक्ष जिग्मी शेर्पा, महासचिव मिङ्गमा डिकी शेर्पा, कोषाध्यक्ष निम ल्हमू शेर्पा र साङ्गे लेण्डुप शेर्पा रहेका छन्।