गेजिङ: गेजिङ जिल्लापाल तेन्जिङ दोर्जे डेन्जोङ्पाले जिल्ला प्रशासनअन्तर्गत विभिन्न विभागहरूको सरसफाइ तथा कर्मचारीहरूको उपस्थिति सम्बन्धी विस्तृत जायजा लिएका छन्। निरीक्षणको क्रममा उनले विभागीय रेकर्डहरू जाँच गर्दै र बिना पूर्वसूचना वा वैध निवेदन लगातार अनुपस्थित रहेका कर्मचारीहरूको बारेमा जानकारी लिए। उनले सम्बन्धित विभागका प्रमुखहरूलाई यस्ता गतिविधिहरू तुरुन्तै रिपोर्ट गर्न तथा प्रावधानअनुसार आवश्यक कारवाही अघि बढाउने कडा निर्देश दिए। यसैगरी, जिल्लापालले कार्यालय परिसरको सरसफाइ तथा शौचालयहरूको अवस्थाको निरीक्षण गर्दै स्वच्छ कार्य वातावरण सुनिश्चित गर्न निर्देशन दिए। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च स्तरको सरसफाइ कायम गर्न तथा शौचालयहरूमा आवश्यक सामग्रीहरू व्यवस्थित राख्ने आदेश गरेका छन्। कुनै पनि सफाइसम्बन्धी लापरबाही देखिएमा तुरुन्त सुधार गर्न निर्देश गरे। जिल्लापालले कार्यस्थलमा अनुशासन र उत्तरदायित्वको महत्त्व पुनः दोहोर्या उँदै सेवा मापदण्डहरू पालन अनिवार्य गर्नुपर्ने जोड दिए। निरीक्षणको क्रममा जिल्लापालले सार्वजनिक स्वास्थ्य अभियान्त्रिकी, उत्पाद शुल्क, सडक तथा पुल, मेकानिकल, महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभाग, आयुष, वन स्टप सेन्टर तथा अखिल भारतीय नेपाली साहित्य अध्ययन तथा अनुसन्धान केन्द्र (भानु शालिग) लगायतका विभिन्न विभागहरूको भ्रमण गरेका थिए।