गेजिङ: मानेबुङ-देन्ताम क्षेत्रअन्तर्गत अप्पर बङतेन निवासी सुकप्रसाद गुरुङको घरमा गत २९ मार्चको राति भएको आगलागी घटनापछि आज क्षेत्र विधायक सुदेशकुमार सुब्बाले घटनास्थलको निरीक्षण गरेका छन्। विधायकले गलागीबाट प्रभावित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै घटनाको स्थलगत अध्ययन गरेका छन्। स्थानीय बासिन्दासँग छलफल गर्दै उनले आगलागीबाट भएको क्षतिको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। यस अवसरमा विधायकले प्रभावित परिवारहरूको पीडामा सहानुभूति प्रकट गर्दै उचित राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग छिटोभन्दा छिटो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, भविष्यमा यस्ता घटनाबाट बच्न पूर्वतयारीका उपायहरू लागू गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने आश्वासन दिए। विधायक सुब्बाले यस दुःखद घडीमा सम्पूर्ण क्षेत्रवासीलाई एकजुट भई प्रभावित परिवारहरूको सहयोग गर्न अपील गरे। विधायकको नेतृत्वमा स्थानीय प्रशासन, महकुमा अधिकारी एनके कार्की समाजसेवी संस्था तथा समुदायको सामूहिक प्रयासबाट पीडित परिवारहरूलाई शीघ्र राहत तथा पुनर्स्थापनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे।