गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बोजोघारी गुम्बाका १२औं तिन्के गोन्जाङ रिम्पोछे र नेपालका टुल्कु जाम्याङ रिम्पोछेसित भेट गर्दै सिक्किम र सिक्किमबासीको पक्षमा आशीर्वाद ग्रहण गरे। यस अवसरमा धर्म विभागका मन्त्री सोनाम लामाको पनि उपस्थिति रहेको थियो। भेटको अवसरमा एकअर्कामा आध्यात्मिक विकास, करुणा र सद्भावबारे चर्चा गरेका थिए। मुख्यमन्त्रीले भेटबारे उल्लेख गर्दै यसलाई आशीर्वादमय बनेको बताएका छन्। यस अवसरमा शुभकामना आदानप्रदानका साथ सम्बन्धको भावना सिर्जना गरेको उल्लेख गरेका छन्।