लाभार्थीलाई घऱ हस्तान्तरण

IMG-20250401-WA0423

गान्तोक: पाकिम जिल्लाको बिरिङ तारेथाङ ग्राम पञ्चायत यूनिट अन्तर्गत केराबारीमा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको घर आज आधिकारिकरूपमा उदघाटन गरयो। उक्त घरको उदघाटन खण्ड विकास विकास अधिकारी साङगे तामाङले गरेका हुन् भने उदघाटन पछि सो घर बिनोद सुब्बालाई प्रदान गरियो। उदघाटन कार्यक्रमा बिरिङ तारेथाङ ग्राम पञ्चायत यूनिटकी पञ्चायत अध्यक्ष सम्झना प्रधान, पीआरआईका सहनिर्देशक तेज अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, वर्तमान सरकारले सिक्किमलाई झोपडीमुक्त बनाउने उद्देश्य लिएर कच्चा घर भएकाहरूलाई पक्का घर निर्माण गर्ने लक्ष्य राखेर सिक्किम गरीब आवास योजना शुरू गरेको हो। उक्त योजना अन्तर्गत हालसम्म राज्यका तीन हजार भन्दा अधिक गरिबी रेखा मुनिका मानिसहरूले पक्का घर पाइसकेका छन्। विशेष गरेर सरकारले उक्त घर कूल लागत १९ लाखको लागतमा निर्माण गरिरहेको छ भने घरभित्र चाहिने आवश्य सामग्री,टिभी, सोफा, लगायत अन्य सामग्रीहरू पनि सरकारले नै प्रदान गरिरहेको खण्ड विकास अधिकारी साङगे तामाङले राज्य सरकारको शुरू गरेको उक्त योजनाको महत्व र यसबाट हुने लाभबारेमा लाभार्थीहरूलाई प्रकाश पारे। लाभार्थीले यसरी आफू पक्का घरमा बस्न पाउने कल्पना पनि नगरेको तर वर्तमान सरकारले आफूले कल्पना नगरेको कुरालाई साकार तुल्याएकोमा धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement