गान्तोक: सुखिम पुङ्गवा युमा साम्यो समाजले सिक्किमका दुई जनजाती लिम्बू कवि तथा लेखकहरू संजय सावादेन सुब्बा र ताम्लिङ सरोजिनी सुब्बालाई बधाई व्यक्त गरेको छ। दुवैका क कृतिहरू आदिवासी कविता सङ्ग्रह राष्ट्रिय आदिवासी चलचित्र तथा साहित्य महोत्सव २०२५ का लागि छनौट भएका थिए। उक्त महोत्सव असमको राजधानी गुवाहाटीमा आयोजित भएको थियो। जसमा आदिवासी समुदायहरूको समृद्ध साहित्यिक परम्परालाई प्रदर्शनी गरिएको थियो। महोत्सवमा मधु राघवेन्द्रद्वारा सम्पादित “द ट्राइबल पोएट्री-रिदम अफ द रिभर” को लोकार्पण गरिएको थियो। यो सङ्ग्रह भारत सरकारको आदिवासी मामिला मन्त्रालयद्वारा प्रायोजित र असम इन्स्टिच्युट अफ रिसर्च फर ट्राइबल एण्ड सेड्युलेड कास्टस, गुवाहाटीद्वारा आयोजित गरिएको थियो। सङ्ग्रहमा भारतभरिका विविध आदिवासी समुदायका लेखकहरूका कविताहरू समावेश छन्। तीन दिने महोत्सवको उद्घाटन असमका आदिवासी मामिला मन्त्री डा. रणोज पेगुले गरेका हुन्। लिम्बू जनजाती कवि संजय सवादेन सुब्बाका दुई कविताहरूको शीर्षक ‘याक्थुङ: एन एल्डेस्ट सेटलर’ र ‘अकालभन्दा अगाडिको बिहान’ रहेको सामेल थिए। लेखक तथा कवि तामलिङ सरोजिनी सुब्बाको ‘अनुत्तर प्रार्थनाको भाग्य’ र ‘हराएको विलाप’ रहेको छ।










