रोशनी राईलाई श्रद्धाञ्जली अर्पण गर्न उनको घर पुगे जीटीए प्रमुख अनित थापा

IMG-20250401-WA0362

खरसाङ: सोमवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ निवासी बालिका रोशनी राईलाई खरसाङमा टोय ट्रेनले धक्का दिएपछि उनी गम्भीर रूपले घाइते भएकी थिइन् भने उपचारकै क्रममा उनको सोमवार राती नै सिलगढीको एउटा निजी नर्सिङ होममा निधन भएको थियो। उनको पार्थिव शरीर मंगलवार नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालबाट पोस्टमार्टम गरेपछि अन्तिम संस्कारको निम्ति घर ल्याइएको थियो। यस अवधि बालिका रोशनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न
जीटीएका मुख्य कार्यपाल अनित थापा उनको घर पुगे। थापाले पीडित परिवारलाई शान्तवना दिँदै उनीहरूको न्यायको निम्ति आफू सधैँ साथमा रहने वचन दिए औ लिखित रूपमा पनि तिनले आश्वस्त गराउँदै आफ्नो पक्षबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्ने वचन दिए। तिनी धेरै समय यहाँ बसे औ बालिकाको शव ल्याएपछि उनलाई श्रद्धाञ्जली अर्पण गरे। थापाले गाउँवासीलाई पनि आश्वस्त गराउँदै यस अवधि कोही पनि उत्तेजित नभइदिने आग्रह गर्दै नानीको परिवारलाई न्याय दिन एउटा कमिटी तयार पारेर आफू स्वयं पनि त्यसमा लागिपरेर विभागीय तवरबाट के कस्ता क्षतिपूर्ति दिलाउनुपर्ने त्यसमा काम गर्ने बताए। मृत बालिकाको पोस्टमार्टम लगायत अन्य अस्पतालका कतिपय सहयोगहरू प्रदान गर्न क्षेत्रिय सभासद कल्पना प्रधान अनि एमओडी सभासद प्रणाम रसाईली नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालमा पुगेका थिए भने पछि उनीहरू मृतकको घरमा पनि आएर परिवारलाई सम्वेदना प्रकट गरे भने यता जीटीएका कार्यकारि सभासदहरू श्याम शेर्पा, परेश तिर्की, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुबास प्रधान, खरसाङ पञ्चायत समिति सभातिपति अनु प्रधान, पञ्चायत समिति सदस्य शिला लामा, पाण्डु ग्राम पञ्चायत प्रधान नन्जिता तामाङ, पञ्चायत सदस्यहरू, पार्टी प्रतिनिधिहरू, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका शिक्षिकाहरू लगायत धेरै मात्रामा शुभचिन्तक र सहयोगहरू उपस्थित रहेका थिए।

यसै अवधि रेलवे इम्प्लोइज युनियनको तर्फबाट मृतक परिवारलाई आर्थिक सहयोग पनि प्रदान गरियो भने उनीहरूले पनि आफूहरूबाट हुने सबै प्रकारको सहयोग प्रदान गर्ने वचन दिए। बालिका रोशनीको मंगलवार अन्तिम संस्कार गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement