मालुटार चियाबारीको प्रबन्धक र युनियनमाझ सभा सम्पन्न

IMG-20250401-WA0352

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र मालुटार चियाबारीको प्रबन्धकमाझ सम्पन्न भएको छ। सभामा मालुटार चियाबारीको प्रबन्धक रजत थापा र युनियनको प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा विशेष गरेर मालुटार चियाबारीको प्रबन्धक र मालुटार चियाबारीमा हालैमा गठन गरिएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटीको पदाधिकारीहरुमाझ परिचय आदान प्रदानको लागि उक्त सभा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। सभामा विशेष गरेर मालुटार चियाबारीमा डिजिटल हस्ताक्षर नभएको कारणले धेरैजनाको पीएफको क्लेम‌ नभएको विषयमा छलफल गरिएको छ। यसको साथै मालुटार चियाबारीमा पुरानो कम्पनी बन्सलको पालोमा‌ अवकाशप्राप्त भएका श्रमिकहरु र निधन भएका १७ जना श्रमिकहरुको पीएफ विषयमा समाधानको लागि चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

उक्त सभामा युनियनको पक्षबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, मालुटार युनिट कमिटीको सभापति प्रह्लाद छेत्री, उप सभापति पूर्ण तामाङ, सचिव साजन तामाङ, सल्लाहकार कुमार छेत्री र नरेश राई साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, पञ्चायत समिति सदस्या अनिरा तामाङ, पञ्चाया सिर्जना छेत्री उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement