सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफीः सेण्ट रोबर्ट्स ब्लू र सरस्वती एच.एस. स्कूल (मंगपू) विजयी

IMG-20220909-WA0170.jpg

९ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को आयोजनमा सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टको पहिलो दिन आज केवल एउटा म्याच खेलियो।

दिनको पहिलो म्याचमा सेण्ट रोबर्ट्स ब्लू-ले सरस्वती एचएस स्कूल (पेशोक)-लाई ७-२-ले पराजित गऱ्यो। विजेता टीमका डेञ्जोंग लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा सेण्ट अल्फन्सस स्कूल (खरसाङ)-को टीम नआउँदा सरस्वती एचएस स्कूल (मंगपू)-ले वक्ओभर पायो। आज उद्घाटन समारोहमा दार्जीलिङ नगरपालिकाका चेयरम्यान रितेश पोर्तेल मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसबाहेक पूर्व फूटबलर राजेन गोले र महेन्द्र प्रधान अतिथिको रूपमा उपस्थित थिए।

यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *