सिटोङ र सिलगढी खरसाङमा भईरहेको केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनलमा प्रवेश

photocollage_202541192615563

खरसाङ: सिटोङ युनाइटेड र फेन्तम सिलगढी खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनलमा पुग्न सफल बनेका छन्। गत २२ मार्चदेखि खरसाङ महकुमा खेलकूद संघको आयोजनामा शुरु भएको स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको थियो।‌ पहिलो सेमी फाइनल खेल सिटोङ युनाइटेड र मामरिङ क्रिकेट क्लबमाझ सम्पन्न भएको थियो। यस खेलमा सिटोङले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्यलाई खेदो गर्दै मामरिङको टिमले १५ ओभरमा ९ विकेट गुमाएर केवल १०२ रन मात्रै बनाउन सकेको थियो अनि सिटोङ ४२ रनले बिजयी बनेर फाइनलमा पुग्न सफल बनेको छ। यस खेलमा सिटोङको तर्फबाट ४ विकेट लिने खेलाडी राजलाई म्यान अफ् द म्याच चयन गरिएको छ। दोस्रो सेमी फाइनल खेल फेन्तम सिलगढी र एम्ब्रोसिया सोनादामाझ सम्पन्न भएको छ। यस खेलमा फेन्तम सिलगढी २ विकेटले बिजय भएर फाइनलमा प्रवेश गरेको छ।‌ यस खेलमा सोनादाले दिएको १०४ रनको लक्ष्यलाई सिलगढीले‌ १२ ओभरमा ८ विकेट गुमाएर प्राप्त गरेको थियो‌ यस खेलमा पराजित भए पनि ब्याटिङमा‌ ४८ रन र बलिङमा ३ विकेट लिने सोनादाको खेलाडी सचिनलाई म्यान अफ् द म्याच चयन गरिएको छ। यस दुईवटा सेमी फाइनल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले आज भएको दुईवटा सेमी फाइनल खेल जितेर सिटोङ युनाइटेड र फेन्तम सिलगढी फाइनलमा प्रवेश गरेको जानकारी गराएका छन्‌‌।‌ उनले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २२ मार्चदेखि स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको र यसको फाईनल खेल आगामी ३ अप्रेलमा हुने जानकारी गराएका छन्। उनले यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन् भने यस क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीससहित २१ हजार र उप विजेतालाई ट्रफीससहित ११ हजार रुपियाँ प्रदान गरिने भएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement