ट्रेनको धक्काले निधन हुने बालिकाको न्यायको लागि कमिटी गठन

IMG-20250401-WA0337

अनित थापाको तर्फबाट परिवारलाई एक लाख रुपियाँ दिने घोषणा

खरसाङ: खरसाङमा‌ ट्रेनको धक्काले बालिकाको निधन भएपछि आज खरसाङ रेलवे स्टेशनमा स्थानीयहरु, जीटीए प्रमुख अनित थापा, स्थानीय प्रशासन र रेलवे अधिकारीहरुमाझ सभा सम्पन्न भएको छ।‌ सभामा बालिकाको परिवारलाई रेलवेको तर्फबाट क्षतिपूर्ति दिलाउन जतिसक्दो चाढै पहल गर्ने र जति सक्दो झट्टै कानुनी रुपमा सहयोग गर्न तयार रहेको बताइएको छ। यसको साथै बालिकालाई न्याय दिलाउनलाई एउटा कमिटी बनाइने र उक्त कमिटीमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र बालिकाको पक्षबाट स्थानीय प्रतिनिधिहरु सामेल रहने भएको छ‌। उक्त कमिटीले बालिकालाई न्याय दिलाउनलाई कानुनी रुपमा काम गर्ने भएको छ। अर्कोतिर जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो व्यक्तिगत तर्फबाट परिवार पक्षलाई एक लाख रुपियाँ प्रदान गरिने भएको छ। उनी बालिकाको घरमा पनि आज नै पुगेका छन्। बालिकाको निधन भएपछि स्थानीयवासीले बालिकाको न्यायको मांग गर्दै खरसाङ रेलवे स्टेशनमा बिहानदेखि धरणा प्रदर्शन गरेका थिए। मृत्यु हुने बालिकाको न्यायको मांग गर्दै स्थानीयहरुले धरणा प्रदर्शन गरेपछि रेलवे स्टेशन परिसरमा सभा सम्पन्न भएको छ। उक्त सभामा जीटीए प्रमुख अनित थापा, खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरी, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, पुलिस प्रशासनको‌ उच्च अधिकारीहरु र बालिकाको पक्षबाट स्थानीय प्रतिनिधिहरु उपस्थिति रहेका थिए। सभामा पिढीत परिवारको तर्फबाट जीटीए प्रमुख अनित थापाले रेलवे अधिकारीहरु समक्ष स्पष्ट क्षतिपूर्तिको लागि स्पष्ट कुरा राखेको बताइएको छ। सभापछि बाहिर आएर खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधानले सभामा गरिएको निर्णयहरु विषयमा घोषणा गरेका थिए। सभाको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले यो दुर्घटना दुर्भाग्यपूर्ण रहेको र हामी कोशिष गर्नेछौं बालिकालाई क्षतिपूर्ति दिलाउनलाई साथै यसको लागि रेलवेबाट भरमग्दुर कोशिष गर्नेछौं भनी बताएका छन्। उनले जति छिट्टो हुन्छ कानुनी रुपमा सहयोग गर्न तयार रहेको बताउँदै दुर्घटना कम गर्नलाई जीटीए र रेलवे मिलेर काम गर्ने पनि बताएका छन्‌‌।

सभापति जीटीएको प्रमुख कार्यपाल अनित थापाले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै ‌नहुने घटना भयो र परिवारको पक्षमा हामी सदैव साथमा छौं भनी बताएका छन्। उनले यस्तो किसिमको घटना बारम्बार घट्दैछ र भविष्यमा पनि यस्ता घटनाहरु नघटोस् भनेर हामी मिलेर कार्य गर्नेछौं भनी बताएका छन्। थापाले चालकमाथि एफआईआर गरिएको र पुलिस प्रशासनले यसमाथि छनबीन गर्नेछ भनी बताएका छन्। उनले बालिकाको न्यायको लागि एउटा कमिटी बनाएको जसमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र परिवारको तर्फबाट प्रतिनिधिहरु उपस्थित रहने र उक्त कमिटीले‌ बालिकाको न्यायको लागि कार्य गर्ने बताएका छन्। उनले तत्काल परिवारको लागि एक लाख रुपियाँ दिने घोषणा पनि गरेका‌ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement