अनुभवी फरवर्ड वन्दना कटारियाद्वारा अन्तर्राष्ट्रिय हकीबाट सन्न्यासको घोषणा

IMG-20250401-WA0274(1)

दिल्ली: भारतीय महिला हकी टीमकी दिग्गज खेलाड़ी वन्दना कटारियाले मंगलवार अन्तर्राष्ट्रिय हकीबाट सन्न्यास लिइन्। वन्दनाले उनी आफ्नो १५ सालको सुनौलो करियरको शिखरमा रहेर विदा लिएको जनाइन्। ३२ वर्षीय स्ट्राईकर वन्दनाले भारतको निम्ति ३२० वटा म्याच खेलिन्। यस अवधि उनले ९८ गोल गरिन्। यसरी उनी भारतीय महिला हकीको इतिहासमा सर्वाधिक म्याच खेल्ने खेलाड़ी हुन्। उनले भनिन्, आज भारी तर कृतज्ञ मनको साथ म अन्तर्राष्ट्रिय हकीबाट विदा लिइरहेकी छु। यो फसेला मलाई सशक्त गर्ने अनि दुःखी गर्ने दुवै हो। यो फसेला मैले मभित्र हकी खेललाई लिएर जोश समाप्त भएको हुनाले लिएकी होइन। यो फसेला आफ्नो करियरको शिखरमा सन्न्यास लिने चाहनाले गर्दा लिएकी हूँ। अहिले पनि म आफ्नो सर्वश्रेष्ठ स्तरमा छु। यसबाहेक यो फसेला थकानले गर्दा लिएको पनि होइन। यो अन्तर्राष्ट्रिय मञ्चलाई आफ्नो शर्तमा छोड़्ने एउटा विकल्प हो। मेरो शीर सदा उच्च रहनेछ। स्टेडियममा दर्शकहरूका गर्जना, हरेक गोलको रोमाञ्च र भारतको जर्सी लगाउने गर्व सदा मेरो मनमा गुञ्जयमान रहनेछ।
२००९-मा सीनियर टीममा पदार्पण गर्ने कटारिया टोक्यो ओलम्पिक २०२०-मा चौथो स्थानमा रहने भारतीय टीमकी हिस्सा थिइन्, जसमा उनले ह्याट्रिक पनि गरेकी थिइन्। यस्तो गर्ने उनी पहिलो अनि एकमात्र भारतीय महिला खेलाड़ी पनि हुन्। कटारियाले भनिन्, टीममा साथी खेलाड़ीहरूका साथ र समर्थनले मलाई बल दियो। यसबाहेक प्रशिक्षक र मेण्टरहरूले आफ्नो सुझबुझ र मेरो क्षमतामाथि भरोसा देखाएर मेरो करियरलाई अलग स्तरमा पुऱ्याए। म उनीहरू सबै प्रति कृतज्ञ रहनेछु। हरिद्वारकी कटारियाले फरवरूमा भुवनेश्वरमा एफआईएच प्रो लीगमा भारतको निम्ति आफ्नो अन्तिम म्याच खेलिन्। उनले इन्स्टाग्राममा लेखेकी छन्, मेरो दिवांगत पिता सदा चट्टा झैं मजबूत र मार्गदर्शक रहे। उनी बिना मेरो सपना कहिले पूरा हुने थिएन। उनले मलाई सपना देख्ने, लड़ाइँ गर्ने अनि जित्ने मञ्च दिए। मेरो कहानी यहीँ समाप्त हुनेछैन। यो नयाँ शुरुवात हो। म हकी स्टीक छोड़्ने छुइनँ। हकी इण्डिया लीग र अन्य टुर्नामेण्टहरूमा खेल्न जारी राख्नेछु। टर्फमा म फेरि खुट्टा राख्नेछु अनि खेललाई लिएर मेरो जोश कम्ती हुनेछैन। कटारिया २०१८-को जकार्ता एशियन गेम्समा रजत पदक जित्ने भारतीय टीमकी हिस्सा थिइन्। यसरी २०२२-मा स्पेनमा भएको एफआईएच नेशन्स कपमा भारतलाई स्वर्ण पदक दिलाउनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement