मेलबर्न: श्रीलंकाविरुद्ध टेस्ट सीरीजमा १६ विकेट लिएपछि संदिग्ध बलिंग एक्शनको नालिश हुँदा अष्ट्रेलियाई स्पिनर म्याट कुहनेम्यानको करियर संकटमा देखिएको थियो तर यसपाली उनको बलिंग एक्शनलाई क्लीन चीट प्राप्त भएको छ। उनले अब इण्टरनेशनल क्रिकेटमा बलिंग जारी राख्न सक्नेछन्। यसको साथै क्रिकेट अष्ट्रेलियाले पनि उनलाई २०२५-२६ को निम्ति अनुबन्धित खेलाड़ीहरूमा सामेल गऱ्यो। फरवरीमा भएको श्रीलंका यात्रामा कुहनेम्यानले प्लेयर अव् द सीरीजको पुरस्कार जितेका थिए। उनले ५ वटा टेस्ट म्याचमा २५ विकेट लिए, जसमा २ पल्ट ईनिंग्समा ५ विकेट सामेल छ। श्रीलंकाविरुद्ध सीरीजको अवधि नै उनको बलिंग एक्शनलाई लिएर नालिश गरिएको थियो अनि उनले आईसीसीबाट जाँचको सामना गर्नु परेको थियो। जाँँचमा हरियो झण्डी देखाइएपछि उनी फेरि राष्ट्रिय टीमबाट खेल्न तयार छन्। अष्ट्रेलियाई चयन समितिका प्रमुख जर्ज बेलीले भने, कुहनेम्यानले श्रीलंकामा असाधारण प्रदर्शन गरेका थिए अनि उनले आउँदो म्याचहरूमा पनि यसलाई कायम राख्ने हामीलाई आशा छ। भारतविरुद्ध बक्सिंग डे टेस्ट म्याचमा पदार्पण गर्ने सेम कोन्स्टासलाई पनि अनुबन्ध हासिल भएको छ। कोन्स्टासले मेलबर्न टेस्टमा ६० रन बनाएर अष्ट्रेलियालाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
अष्ट्रेलियाका अनुबन्धित खेलाड़ीहरूका सूची यसप्रकार छः
प्याट कमिन्, नाथन एलिस, केमरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, सेम कोन्स्टास, म्याथ्यू कुहनेम्यान, मार्नस लाबुशेन, नाथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, लान्स मौरिस, म्याट शर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, ब्यू वेबस्टर, एडम जाम्पा।