ब्रेथवेटले गुमाए टेस्ट कप्तानी, होप नयाँ टी२० कप्तान

IMG-20250401-WA0154

सेण्ट जोन्स: आईसीसी टुर्नामेण्टहरूमा लगातार फ्लप प्रदर्शनपछि वेष्ट इण्डिज क्रिकेट अहिले ठूलो बद्लाउको बाटोमा रहेको छ। यसै क्रममा क्रेग ब्रेथवेटले ४ सालपछि वेष्ट इण्डिज टेस्ट टीमको कप्तानी छोड़ेका छन्। यसको साथमा क्रिकेट वेष्ट इण्डिजले सोमवार नै शाइ होपलाई टी२० इण्टरनेशनल टीमको नयाँ कप्तान नियुक्त गऱ्यो। ३२ वर्षीय ब्रेथवेटलाई मार्च २०२१-मा जेसन होल्डरको स्थानमा टेस्ट टीमको कप्तान बनाइएको थियो। यसरी वनडे टीमका कप्तान होपले अब रोवम्यान पावेलको स्थानमा टी२० टीमको पनि कप्तानी सम्हाल्नेछन्। रोवम्यान पावेल मई २०२३-देखि टी२० टीमका कप्तान थिए। क्रिकेट वेष्ट इण्डिजले एउटा बयानमा भनेको छ, ब्रेथवेट खेलबाट सन्न्यास लिन अघि उनको टीमले बद्लाउको क्रमलाई पार गरेको हेर्न चाहन्छन्। यसैकारण उनले अष्ट्रेलियाविरुद्ध घरेलु टेस्ट सीरीज अघि कप्तान छोड़े। यसले नयाँ कप्तानले स्वयंलाई स्थापित गर्ने समय पाउनेछन्। नयाँ टेस्ट कप्तानको घोषणा चाँड़ै गरिनेछ। यस रेसमा अहिले एलिक एथनाजे, मिकाइल लुईस, केसी कार्टी र जस्टिन ग्रीव्स जस्ता खेलाड़ी रहेका छन्। यसबाहेक गुडाकेश मोतीले पनि हालका समयहरूमा असल प्रदर्शनको इनाम पाउन सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement