नयाँ दिल्ली: बिहारको ऐतिहासिक शहर राजगीरमा हुने पुरुष एशियन कप २०२५ हकी टुर्नामेण्टको निम्ति हकी इण्डिया र बिहार राज्य खेल प्राधिकरणले एउटा सम्झौता पत्रमा हस्ताक्षर गऱ्यो। राजगीरको हकी स्टेडियममा २९ अगस्तदेखि ७ सेप्टेम्बरसम्म हुने यो टुर्नामेण्ट बेल्जियम र नीदरल्याण्डमा २०२६-मा हुने एफआईएच पुरुष हकी वर्ल्ड कपको निम्ति क्वालीफाईंग प्रतियोगिता पनि हुनेछ। यस महाद्वीपीय टुर्नामेण्टको १२औं संस्करणमा भारत, पाकिस्तान, जापान, कोरिया, चीन र मलेशियासहित जम्मा ८ वटा टीमले हिस्सा लिनेछ अनि रहल २ वटा टीमले क्वालीफाईंग टुर्नामेण्ट एएचएफ कपको माध्यमले आफ्नो स्थान सुरक्षित गर्ने प्रयास गर्नेछ। यस टुर्नामेण्टको आयोजनलाई लिएर हकी इण्डियाले सोमवार बिहार राज्य खेल प्राधिकरणसँग एउटा सम्झौता पत्रमा हस्ताक्षर गऱ्यो।
यस अवसरमा बिहारको खेल विभागका अतिरिक्त मुख्य सचिव डा. बी राजेन्द्रले राजगीरको आयोजनलाई लिएर भने, हकी इण्डिया र बिहार राज्य खेल प्राधिकरणबीच सम्झौता ज्ञापनमा हस्ताक्षर बिहारलाई प्रमुख खेल स्थल बनाउने यात्राको एउटा महत्त्वपूर्ण कदम हो। राजगीरमा हीरो एशियन कप २०२५ आयोजन गर्नु हाम्रो राज्यको निम्ति गर्वको क्षण हो अनि हामी टुर्नामेण्टको सुचारू रूपले सञ्चालनलाई सुनिश्चित गर्न सम्पूर्ण रूपले प्रतिबद्ध छौं। यसरी हकी इण्डियाका अध्यक्ष डा. दिलीप तिर्कीले भने, राजगीरमा हीरो एशियन कप २०२५-को आयोजन भारतीय हकीको निम्ति अझ एउटा महत्त्वपूर्ण कदम हो। स्टेडियम अन्तर्राष्ट्रिय मानकहरू अनुरुप छ। यसले खेलाड़ी र दर्शकहरूका निम्ति एउटा रोमाञ्चक माहोल प्रदान गर्ने मलाई विश्वास छ।