जोरथाङ: आज दोदक सरकारी मध्यमिक विद्यालयको प्लाटिनम जुब्ली समारोह र दोस्रो इण्डियन रिजर्भ बटालियनको पिपलेमा १८औं स्थापना दिवस समारोहमा भाग लिने क्रममा मुख्यमन्त्रीले जोरथाङका स्थानीय मानिसहरूसॅंग भेट गरेका छन्।
यस अवसरमा मुख्यमन्त्रीको साथमा विधानसभा अध्यक्ष एमएन शेर्पा, सामाजिक कल्याण विभाग मन्त्री सामडुप लेप्चा, शिक्षा मन्त्री राजु बस्नेत, विधायक मदन सिन्चुरी तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित रहेकाे जानकारी प्राप्त भएको छ।
यस छाेटाे भ्रमणअवधि मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङमा स्थानीयहरूसॅंग भेट गरेर उनीहरूका गुनासोहरूलाई सम्बोधन गरेका छन् भनेे बिरामीहरूलाई चिकित्सा सहायता पनि प्रदान गरेका छन्।