गान्तोक: पर्व सिक्किमको रेशीथाङ खेलगाउँमा सिक्किम एथलेटिक्स एसोसिएशनद्वारा आयोजित १६औं राज्य खेलकुद प्रतियोगिताको आज समापन भयो। विभिन्न विधामा राज्यका सबै जिल्लाबाट ३ सयभन्दा अधिक खेलाड़ीले सहभागिता जनाएको प्रतियोगितामा गान्तोक जिल्ला च्याम्पियन बनेको छ।
गान्तोक जिल्लाका खेलाड़ीहरूले प्रतियोगिताको अन्तिम दिनमा उत्कृष्ट प्रदर्शन गरे। विशेष गरेर चार सय मिटर रिले रेशमा गान्तोकले असल प्रदर्शन गऱ्यो। गान्तोक पछि नाम्ची जिल्लाले उत्कृष्ट प्रदर्शनी गर्दै उपविजेता बन्यो। यसरी नै गेजिङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ।
समापन समारोहमा खाद्य तथा नागरिक आपूर्ति विभागका सचिव अनिल राज राई साथै सिक्किम एथलेटिक्स एसोसिएशनका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।










