मुख्यमन्त्रीले गरे दोदक विद्यालयमा एससी छात्रावासको उदघाटन

IMG-20250331-WA0318

गान्तोक: सोरेङ जिल्लाको दोदक माध्यामिक विद्यालयको कौष्तूभ जयन्तीको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज अनुसूचित जातिका छात्राहरूको निम्ति निर्मित छात्राबासको उदघाटन गरे। उक्त भवनको निर्माण समाजिक कल्याण विभागले गरेको हो। छात्रावासको निर्माण विद्यालय परिसरमा गरिएको छ।
उदघाटन कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्री राजु बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement