घुँड़ाको समस्याले गर्दा धोनी १० ओभरसम्म ब्याटिंग गर्न नसक्ने कोचको दावी

IMG-20250331-WA0309

नयाँ दिल्ली: आईपीएल २०२५-अन्तर्गत गुवाहटीमा खेलिएको ११औं म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)-ले राजस्थान रोयल्सविरुद्ध हारको सामना गर्नु पऱ्यो। रोमाञ्चक म्याचको अन्तिम ओभरमा सीएसके-लाई जीतको निम्ति २० रनको आवश्यकता थियो अनि महेन्द्र सिंह धोनी टीमलाई अलपत्र पारेर आउट हुनको साथै राजस्थानको जीत सुनिश्चित भयो। म्याचपछि सीएसके-का कोच स्टीफन फ्लेमिंगले विकेटकीपर ब्याटर एमएस धोनीले आईपीएलको अवधि १० ओभरसम्म ब्याटिंग गर्न नसक्ने बताए। धोनीले सीएसके-को पहिलो म्याचमा केवल दुई बलको सामना गरेका थिए, जसमा टीम विजयी भएको थियो। त्यसपछि उनले रोयल च्यालेञ्जर्स बेंगलुरुविरुद्ध १६ बलमा ३० रन बनाए पनि सीएसके पराजित भएको थियो। फ्लेमिंगले भने, यो समयको कुरा हो अनि एमएस (धोनी) यसको आकलन गर्छन्। उनको घुँड़ा पहिला जस्तो छैन। उनी ठीकसँग हिँड़िरहेका छन् तर अहिले पनि उनमा कमजोरी छ। उनी पूरा ताकतको साथ दौड़िएर १० ओभरसम्म ब्याटिंग गर्न सक्दैनन्। यसैकारण म्याचको दिन आफ्नो योगदानबारे उनी आफै आकलन गर्छन्। खेल सन्तुलनमा रहे उनी सामान्य अघि ब्याटिंग गर्न ओर्लिन्छन् अनि अन्य मौकाहरूमा उनी अन्य खेलाड़ीहरूलाई समर्थन गर्छन्। धोनी हाम्रो निम्ति मूल्यवान खेलाड़ी हुन्। अहिले उनी परिस्थितिहरू अनुसार खेल्न ओर्लिन्छन्। यसैकारण प्रशंसकहरूले उनलाई तल्लो क्रममा खेलिरहेको देखिरहेका छन्। हामी उनलाई समर्थन गर्छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement