भागोप्रमो सिविटार शाखाको पूर्णाङ्क कमिटी गठन

IMG-20250331-WA0291

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको बुथ नम्बर २६२ लाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा आशा प्रधानको अध्यक्षता र राजीव तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा आदिले वक्तव्य राखेका थिए। यसै सभामा सिविटार चियाबारी शाखा कमिटी गठन गरिएको छ। उक्त कमिटी अन्तर्गत भागोप्रमो सिविटार शाखाको सभापति राजेन्द्र प्रधान, उप सभापति योगेस तामाङ र नवराज छेत्री, सचिव राजीव तामाङ, सह सचिव ह्रदय सुब्बा र संगीत तामाङ, सांगठनिक सचिव कुलबहादुर छेत्री चयन भएका छन्। त्यसरी नै युवा शक्तिको शाखा कमिटीमा सभापति आशिष वाईबा र सचिवमा सुमन प्रधान चयन भएका छन्। त्यसरी नै नारी शक्ति सिविटार शाखा कमिटीमा‌ सभापतिको रुपमा रजनी सुब्बा, उप सभापति चन्द्रिका भुजेल र प्रीति राई, सचिव मेनुका भुजेल, सह सचिवमा उमा प्रधान र आरती भुजेल आदि चयन भएका छन्। यस सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म र पञ्चायत सदस्य एंव शाखा कमिटीको सचिव राजीव तामाङले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान गत १८ जनवरीदेखि शुरु भएर लगातार रुपमा चलिरहेको अनि उक्त शाखा पसौं अभियानमा नै प्रत्येक क्षेत्रमा शाखा कमिटी गठन गर्ने निर्देशन जारी गरिएको थियो। उक्त निर्देशन अनुसार नै सिविटार शाखा कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले अब सिविटारमा शाखा कमिटी पूर्ण रुपमा गठन गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement