खरसाङमा‌ इद‌ पालन

IMG-20250331-WA0288

खरसाङ: मुस्लिम समुदायको ईद उल फितर खरसाङ क्षेत्रमा पनि पालन गरिएको छ। खरसाङको अञ्जुमिया इस्लामियाको आयोजनामा खरसाङमा‌ ईद उल फितर पालन गरिएको छ। यस अवसरमा खरसाङ बजारमा अवस्थित मस्जिदमा शान्तिको साथमा इदको नमाज पढिएको छ। विशेष गरेर गत एक‌ महिनादेखि राखिएको रोजा आज समाप्त भएको छ। यस अवसरमा खरसाङ क्षेत्र र सम्पूर्ण पहाडमा‌ नै शान्ति र भाईजारा बनिरहेको होस् भनी कामना गरिएको जानकारी प्राप्त भएको छ। इदको अवसरमा सबैमा इदको शुभकामना दिइएको छ। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै महम्मद जैरुद्दीनले इदको अवसरमा खरसाङमा‌ मुस्लिम समुदायको तर्फबाट ईद उल फितर पालन गर्दै नमाज पढिएको र सम्पूर्ण पहाड र खरसाङको लागि शान्तिको लागि प्रार्थना गरिएको बताएका छन्। उनले खरसाङमा‌ शान्ति र भाईजारा रहेको बताउँदै सबैलाई इदको शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement