खरसाङ: २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिमा आयोजना गरिने जीटीए आईडलको अडिशनलाई लिएर खरसाङको सार्वजनिक भवनमा एक महत्वपूर्ण सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ गिध्द पहाड समष्टिकाे संयोजक समीरदिप ब्लोनको अध्यक्षतामा सम्पन्न भएको छ भने सभामा 29 नम्बर समष्टिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा २९ नम्बर समष्टिका सभापति प्रेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ साथै २९ नम्बर समष्टिका जनप्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा २९ नम्बर समष्टिमा आयोजना गरिने जीटीए आईडलको विषयमा व्यापक रूपमा चर्चा परिचर्चा गरिएको छ। सभामा उपस्थित सबैले आफ्नो आफ्नो सुझावहरु दिएका थिए भने सभामा उपस्थित प्रतिनिधिहरुबाट नै जीटीए आईडलको लागि २९ नम्बर समष्टिको कमिटी गठन गरिने भएको छ। सभामा निर्णय गरिए अनुसार २९ नम्बर समष्टिमा हुने जीटीए आईडलमा सहभागिता जनाउने इच्छुकहरुले १५ अप्रेलभित्रमा फारम भरेर बुझाउनु पर्ने भएको छ। २९ नम्बर समष्टिमा जीटीए आईडलको अडिशन आगामी २० अप्रेलको दिन सम्पन्न हुने भएको छ। उक्त अडिशनमा यस समष्टिभित्रबाट शुरुमा ५ जना चयन गरिने अनि त्यही ५ जनाबाट एकजना जीटीए आईडलको लागि पठाइने भएको छ। २९ नम्बर समष्टिमा हुने जीटीए आईडलको अडिशनलाई लिएर गरिएको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आशा मुखिया लामा र भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।