खरसाङ: खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीको सभा सोमबार खरसाङको गोर्खा जन पुस्तकालयको प्रेक्षा गृहमा सम्पन्न भयो। संस्थाका सभापति रेभ पास्टर शिशिर रोंगोंगको अध्यक्षतामा सम्पन्न भयो।सभामा हालैमा थाइल्याण्ड, म्यानमार अनि बैङ्कमा विनाशकारी भुइँचालोले धेरै मानिसहरूले ज्यान गुमाएको हुनाले उनीहरूको आत्माको शान्तिको निम्ति एक मिनटको मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। एल्डर जोना मङ्ग्रातीको प्रार्थनाद्वारा आरम्भ गरिएको सभामा संस्थाका सभापति रेभ पास्टर शिशिर रोंगोंगद्वारा स्वागत सम्भाषण राखिएको थियो। संस्थाका कोषाध्यक्ष अरुण तामाङले विगत सभाको प्रतिवेदन प्रस्तुत गरेका थिए। खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले हालैमा खरसाङका महकुमा शासक, सभासद श्याम शेर्पा, सह-सहायक अभियन्ता तपस मण्डल, खरसाङको ट्राफिक अधिकारीलाई खरसाङ टुरिस्ट लज नजिक सन्त पौल गिर्जा घर मुन्तिरको ५५ राष्ट्रीय राज मार्गमा निरन्तर दुर्घटना भएर आम मानिसहरू लगायत विद्यार्थीहरूले झेल्न परिरहेको ट्राफिक समस्यालाई ध्यानमा राखेर चाँडै यस राष्ट्रिय राजमार्गमा जेब्रा क्रसिङ्ग, स्पीड ब्रेकर अनि साईन बोर्ड लगाई दिने निवेदन गर्दै ज्ञापन पत्र चढाएको विवरण संस्थाका सेल्भ हेल्प ग्रुपका समन्वयक झुमा राणा लेप्चाले दिइन्। अब चाँड़ै नै यी क्षेत्रमा स्पिड़ ब्रेकर निर्माण हुने आश्वासन अधिकारीहरूले दिएको जानकारी सभामा गराइन्। सभाको अन्य विषयमा संस्थाका कोषाध्यक्ष अरुण तामाङले संस्थाका आय व्यायको विवरण दिए। खरसाङ सन्त अलफन्सस उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक अनि आकाशवाणी खरसाङका वरिष्ठ समाचार वाचक सपन सुब्बालाई संस्थाको कार्यकारणी सचिवको रूपमा नियुक्ति गरियो। सुकना सालबारी क्षेत्रका माइनोरेटी वेलफेयर सोसाइटीका वरिष्ठ सदस्य रोशन डी लामाको विशेष उपस्थित रहेको सभामा उनले खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले आज पर्यन्त सबै गिर्जा घरहरूलाई समेटेर संस्थालाई अघि बढाई रहेको हुनाले संस्थालाई बधाई दिए र एक असल नेतृत्व प्रदान गरेर सबैलाई उदारणीय काम गरेको जानकारी सभामा गराए। इसाई संस्थाहरू र धर्म गुरुहरूले एक गैर राजनैतिक भएर काम गर्नु पर्ने उनले आह्वान् गरे। आध्यात्मिक र सामाजिक कार्यहरूलाई अझ बढोत्तरी दिने कामहरूमा इसाईहरूले ध्यान दिनु पर्ने लामाले जानकारी दिए। सभामा खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले आफ्नो सम्बोधनमा एक असल लिड़रले आफूपछि पनि एक असल लिडर नै तयार पार्छ भनी जानकारी गराए र खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले यो काम गर्न सक्षम बनेको बताए। उनले आज संस्थामा धेरै नयाँ सदस्यहरू एक असल लिडरको रूपमा अघि आएको र संस्थाको निम्ति निःस्वार्थ रूपले काम गरिरहेको बताए। यो संस्था धेरै जनाको खुन र पसिनाले सिँचिएर गठन भएको संस्था भएको हुनाले यो संस्थालाई कदापि पनि मर्न नदिने सभामा उपस्थित सबैलाई बताए। सचिव दिपक लेप्चाले माइनोरिटीहरूले सरकारबाट पाउने विभिन्न योजनाहरूको जनकारी दिए। केवल दार्जीलिङ जिल्लाका इसाई विश्वासीहरूको सुरक्षा र हितको निम्ति मात्र होइन तर श्रीलङ्कामा ग्रुड फाइडेमा गिर्जा घरमा बम विस्फोट हुदाँ एक वयोवृद्ध सिस्टरको असामाजिक तत्वहरूले दुष्कर्म गर्दा अनि विगतको राज्य सरकारले माइनोरेटी स्कूलहरूको शिक्षकहरूको नियुक्ति अब राज्य सरकारले नै गर्छ भनी विधान सभामा पारित बील लगायत विरोध प्रदर्शन गरेर यो संस्था विगतको दिनहरूमा सड़कमा उत्रिसकेको प्रमाणहरू अझ पनि छन् अनि यो संस्था सदैव माइनोरिटीहरूको उत्थान र हितको निम्ति निःस्वार्थ रूपले सदैव काम गर्ने प्रतिवद्धता सचिवले दोहराए। संस्थाका उपाध्यक्ष पास्टर तिरस राईले आफूहरू सदैव खरसाङ युनाईटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको अधीनस्थ कामहरू गरिरहेका जानकारी सभामा गराए। खरसाङको स्कट मिशन विद्यालयका शिक्षिका प्रिशिला गुरुङले खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीमा आफ्नो आमा अनि स्कट मिशन विद्यालयका भूतपूर्व प्रधान अध्यापकी यस संस्थाको कर्मठ सदस्यहरू थिए र आज आफू पनि यस संस्थाका एक कार्यकारणी सदस्य हुन पाउँदा आफैलाई गर्व लागेको जानकारी गराइन्। संस्थाका सभापति रेभ पास्टर शिशिर रोंगोंगले यस संस्थाले गर्दै आईरहेका कामहरू एक पूर्ण रूपले सेवाका कामहरू हुन भनी बताए। खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटी एक गैर राजनीतिक संस्था भएको हुनाले यस संस्थाले खरसाङका सबै गिर्जा घरहरूलाई समेटेर संस्था चलाईरहेको र इसाईहरूको उत्थान, सुरक्षा अनि आध्यात्मिक विकासको निम्ति एक गैर सरकारी संस्थाको रूपमा सदैव काम गरिरहने जानकारी गराए। संस्थाका उप सभापति मुकुल तामाङद्वारा धन्यवाद अर्पण गरिएको सभामा पास्टर रोहित तामाङ, एल्डर रोशन वराईली, डिकन पावल घिसिङ अनि संस्थाका वरिष्ठ सदस्य मोहन सिंह राईले विशेष सम्बोधन गरेका थिए। संस्थाका सचिव दिपक लेप्चाले धन्यवाद ज्ञापन गरेको सभामा युसीएनआई सन्त एन्ड्रयु चर्चका रेभ पास्टर शिशिर रोंगोंग, राजेश छेत्री, एल्डर निर्णय लेप्चा, एल्डर ए लाक्पा, सञ्जय छेत्री, ज्योति यल्मो, छुयुमित लेप्चा, सन्त पौल क्याथोलिक गिर्जा घरका सपन सुब्बा, झुमा राणा लेप्चा, दिपक लेप्चा, सिल्भेष्टर लेप्चा, वेथेस्दा प्रेर टावर सिरुबारी खरसाङबाट सेवक मुकुल तामाङ, मोहन सिंह राई, येशु ख्रीस्तको मण्डली गिर्जा घरका डिकन पावल घिसिङ, सिएनआई खरसाङ मण्डलीका प्रिशिला गुरुङ, सिनोरा तबिता थापा अनि सुकना सालबारीबाट रोशन डी लामा, हिमालयन फी चर्चका रेभ पास्टर तिरस राई लगायत विभिन्न सदस्यगणको उपस्थितिमा सभामा रहेको जानकारी खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले जानकारी दिएका छन्।