मेघालय: इन्डो-फ्रान्सेली फुटबल प्रतियोगितामा मेघालय तेस्रो भयो

IMG-20250331-WA0245

शिलोङ: पेरिसमा मार्च २५ देखि सुरु भएको दोस्रो संस्करणको इन्डो-फ्रेन्च फुटबल प्रतियोगितामा रि-भोईस्थित मिङ्केन क्रिस्चियन उच्च माध्यमिक विद्यालयको यू-१७ टोलीले तेस्रो स्थान हासिल गरेको छ।
गत वर्षको सुब्रतो कपमा उपविजेता बनेपछि मिङ्केन क्रिष्टियनलाई यस प्रतियोगिताको लागि छनोट गरिएको थियो।
पेरिस अभियान अघि, टोलीले प्रशिक्षक बबी एल नोङबेट, सहायक प्रशिक्षक किटबोर्लाङ खार्लुखी र प्रबन्धक कार्मेलियस रामशोनको नेतृत्वमा सघन प्रशिक्षण लिएका थिए।
मेघालय सरकारले पूर्ण रूपमा प्रायोजित गरेको १६ सदस्यीय टोलीले फ्रान्सेली क्लब एफसी भर्साइल्स (पहिलो स्थानमा रहे), सार्सेलेस एफसी (दोस्रो) र ग्रिग्नी एफसी (चौथो) सँग प्रतिस्पर्धा गर्यो।
प्रतियोगिताको पहिलो दिन मेघालय टोलीले ग्रिग्नीलाई पराजित गरेको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement