गान्तोक: पाङ ल्हाबसोल पर्वको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा पाङ ल्हाबसोल पर्व सिक्किमेहरूको एकता र भाइचाराको प्रतीक रहेको बताएका छन्। यस दिनले काबि लुङचोकमा लेप्चा र भोटियाबीच भएको भाइचाराको सम्झौताको स्मरण गराउॅंछ भनी उनले बताएका छन्। उनले भनेका छन्, पाङ ल्हाबसोल वार्षिक रूपमा मनाइने सिक्किमको एक अद्वितीय पर्व हो जसले सिक्किमको संरक्षक देवताको रूपमा कञ्चनजङ्घाको अभिषेकको सम्झाना गराउॅंछ। मुख्यमन्त्रीले यस अवसरमा सिक्किमको अनन्त शान्ति, प्रगति अनि समृद्धिका लागि प्रार्थना गरेका छन्।










