रेलको धक्काले बालिका गम्भीर घाइते

IMG-20250331-WA0234

खरसाङ: रेलले टक्कर दिँदा खरसाङमा एक बालिका गम्भीर घाइते बनेकी छन्।‌ घाइते बालिकालाई प्राथमिक उपचारको निम्ति खरसाङ महकुमा अस्पताल लगिएको थियो। त्यसपछि उनलाई सिलगडी मेडिकल कलेज रिफर गरिएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङबाट सिलगढी गईरहेको ट्रेन खरसाङ बजार आईपुग्दा एकजना बालिकालाई केही क्षण सोहोरेर लगेको बताइएको छ। उक्त घटना दिउँसो १२:३० बजीतिरको रहेको बताइएको छ। उक्त ट्रेनको चपेटमा परेर घाइते बनेकी बालिका खरसाङको मकैबारी चियाबारीको कैलापानी निवासी रहेको जानकारी प्राप्त भएको छ।

उक्त घटनापछि बालिकालाई उध्दार गरेर खरसाङ महकुमा अस्पताल पुराइएको अनि त्यहाँबाट सिलगढी रेफर गरिएको जानकारी प्राप्त भएको छ।‌ उक्त घटनापछि खरसाङ रेलवे स्टेशनमा बालिकाको परिवार पक्ष३, गाउँलेहरु र रेलवेमाझ बैठक पनि सम्पन्न भएको छ‌। उक्त बैठकमा पुलिस प्रशासन पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement